श्रम ऐन लागू नहुँदा ‘राष्ट्रवादी श्रमिक महासंघ’ले गर्यो सरकारको घोर भत्सना (विज्ञप्ति सहित)

प्रकाशित मिति : : शनिबार, अशोज १३, २०७५

काठमाडौँ,असोज १३ । नेपाल सरकार श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले २०७५ साउन १ गतेदेखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक मासिक रू .१३,४५० नेपाल राजपत्रमा सूचना प्रकाशित गरि श्रम ऐन लागू भइसकेको छ । तर पनि अहिलेसम्म देशको पहिलो वीर अस्पताल, ट्रमा सेन्टर, राष्ट्रिय प्रत्यारोपण केन्द्र, प्रसुती गृह लगाएत अन्य क्षेत्रहरूमा विगतदेखि अहिले सम्म श्रम ऐन लागू हुन सकेको छैन ।

यसै विषयमा राष्ट्रवादी श्रमिक महासंघले श्रमिकहरुक चरम श्रम शोषणको घोर भत्सना गरेको छ । राष्ट्रवादी श्रमिक महासंघले एक विज्ञप्ति निकाल्दै चरम श्रम शोषणको घोर भत्सना गरेको हो ।

साउन १ गतेदेखि लागु हुने भनिएको श्रम ऐन अझसम्म लागु नभएको र नेपालकै ठुला र पहिलो कम्पनी हरुले सो नियमको पालना नगरेको उक्त विज्ञप्तिमा भनिएको छ ।   हेर्दा २०७५ साउन १ गतेदेखि श्रम ऐनमा लागु हुने भनिएको भएतापनि त्यसलाई लागु नगरेको भन्दै राष्ट्रवादी श्रमिक महासंघले घोर भत्सना गरेको हो ।

यस्तो छ विज्ञप्ति