‘पर्यटन वर्ष २०२०’ लार्इ लक्षित गरि ‘अतिथि देवो भव’को शुभारम्भ

प्रकाशित मिति : : शनिबार, अशोज १३, २०७५

काठमाडाैँ ।  ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भ गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंघको आयोजनामा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलय काठमाण्डौमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा बोल्दै मन्त्री अधिकारीले खुशी मनका साथ अतिथिप्रति प्रेमभाव प्रकट गर्ने नेपाली संस्कार रहेको उल्लेख गर्नुभयो ।

पर्यटन प्रवद्र्धनमा सरकारको सहयोगी भएर काम गर्न पर्यटन पत्रकारलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो । पर्यटनलाई समृद्धि र विकाससँग जोड्नुपर्ने वहाँको भनाई थियो । पाहुनाका लागि सधँै नेपाल खुला देशका रूपमा रहेको मन्त्री अधिकारीको धारणा थियो । ३९ औं विश्व पर्यटन दिवसको पूर्वसन्धयामा कार्यक्रम गरिएको हो ।