पत्रकार अस्मिता खड्का सम्मानित

प्रकाशित मिति : : आइतवार, अशोज १४, २०७५

काठमाडौं, असोज १४ ।
पत्रकारिताको माध्यमबाट सामाजिक चेतना फैलाउन योगदान पुर्याएको भन्दै खसोखासका नेपाल सम्पादक अस्मिता खड्का (अरुणा) सम्मानित भएकी छिन् ।

नवजीवन परोकार समाजले शनिवार एक कार्यक्रमकाबीच पत्रकार अस्मिता खड्का सहित अन्य सातजना पत्रकारहरुलाई सम्मान गरेको हो ।
समाजका सद्भावनादूत नायक निखिल उप्रेती र समाजका अध्यक्ष दुर्गानाथ दाहालले संयुक्त रुपमा पत्रकारहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेमा राससका समाचारदाता कुमार चौलागाई, नागरिकका शिवहरि घिमिरे ,सिपोस्ट न्यूज डटकमका प्रधानसम्पादक दिनेश दाहाल, र सञ्चारकर्मी रोहित भण्डारी छन् ।

सम्मानित हुने सबै पत्रकारहरु स्थापित पत्रकार हुन् । पत्रकार खड्का जनयुद्धको समयमा चलेको भुमिगत रेडियो जनगणतन्त्रबाट सानै उमेरदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भएकि हुन् । विभिन्न सञ्चार माध्यम, सञ्चारिका समूह हुँदै हाल खसोखासको नेपाल सम्पादकको रुपमा पत्रकारितामा क्रियाशिल छिन् । उनी पत्रकारितासँगै परोपकार तथा समाजसेवाको क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छिन् ।