कञ्चनपुर प्रकरण – मिलेन एसपी विष्टसहित तीनजनाको डिएनए

प्रकाशित मिति : : आइतवार, अशोज १४, २०७५

काठमाडौं, असोज १४ ।
बलात्कारपछी हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।

निर्मला पन्तको बलात्कार–हत्या छानविनका लागी गठित सह–सचिव हरि मैनाली नेतृवत्को समितीको सुझावपछी गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भिमदत्त नगरपालिकाका मेयर शुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए नमुना संकलन गरेर नेपाल प्रहरीको विधीविज्ञान प्रयोगशालाका प्राविधिक र त्रिवी शिक्षण अस्पतालका डाक्टरहरुले संयुक्त रुपमा डिएनए परिक्षण गरेका थिए ।

‘एसपी विष्ट सहित तीनै जनाको डिएनए रिपोर्ट मेल खाएन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले भने, ‘काठमाडौंबाट पठाईएको शिलबन्दी रिपोर्ट हामीले खोलेर हेर्दा डिएनए रिपोर्ट नमिलेको देखियो ।’