गजल ‘मनुवा’

प्रकाशित मिति : : बुधबार, अशोज १७, २०७५

prashant dai

बिचित्र बिबेकका हामी मनुवा
सानो किन जातले कामी मनुवा ?

ग्रसित मानसिकता ब्याप्त सर्वत्र
छुमन्त रोग ब्याधी धामी मनुवा !!

भलै उब्जिएका सुकर्म बिचारले
बिवेकशिल कहलिय नामि मनुवा

मान्छेको त आँखा लोभि मन पापी
हिड्छन नख्खर माउलि दामी मनुवा

जेजस्तो वेवधान बोक्नुपरे पनि
टुटाउदैन्न अझै भन्न ज्ञानी मनुवा