नेपालका लागि डिजेआईको आधिकारिक बिक्रेता अब आईएम एस ग्रुप

प्रकाशित मिति : : बुधबार, अशोज १७, २०७५

काठमाडौं, असोज १७ । ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय डिजेआईको नेपालको लागि आधिकारिक बिक्रेता अब आईएम एस ग्रुप बनेको छ ।

ग्रुपले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएको हो । क्यामेरा, ड्रोन, एरियल फोटोग्राफीको स्टाविलाईजर र भिडियोग्राफीका डिजेआई विश्वप्रख्यात छ । विशेष सिर्जनशिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको डिजेआई कम उचाई एरियल तस्विरका लागि पहुँच योग्य छ । अतुलनिय अनुसन्धान र बिकास भइरहने यस ब्राण्ड नविनतामा अग्रसर छ जसले गदौ जटिल प्रविधिपनि सजिलो यन्त्रमा परिणत हुने गर्दछ ।

डिजेआईका नयाँ नयाँ मोडलहरुका विभिन्न सामानहरु अब नेपाली बजारमा सहज रुपमा बजारमा उपलब्ध हुने आइएम एस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले जानकारी दिए  । कम्पनीले उपलब्ध सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध हुने जनाएको छ । मलहोत्राले आफ्नो लक्ष्य ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु रहेको बताए ।

आईएम एस ग्रुप २० ओटा कम्पनीहरुको साझा समूह हो । यो ग्रुप सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो ।आई एम एस सन् १९९८ मा पहिलो पटक नेपालमा मोबाइल भित्र्याउने आधिकारिक ग्रुप पनि हो । यस ग्रुपले स्थापना भएको २५ वर्षमा निकै सफलता हासिल गरेको छ ।