पुरानो जगमा नयाँ चौतारी 

प्रकाशित मिति : : शुक्रबार, अशोज १९, २०७५

काठमाडौं, असोज १९ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो पटक संविधानसभामार्फत जारी गरिएको नेपालको संविधान (२०७२) मा लोकतन्त्र , गणतन्त्र , संघीयता , धर्मनिरपेक्षता ,समाजिक न्याय , समावेशीता समानुपातिक र समाजवादउन्मुख जस्ता राजनितिक उपलब्धिका सिद्धांत स्थापित भएका छन । यी उपलब्धि  नेपाली समाजको हिसाबले र आधुनिक नेपाल निर्माणका लागी निकै महत्वपूर्ण उपलब्धि हुन ।
यी उपलब्धि हासिल गर्नका  लागी  नेपाली समाज र नेपाली जनताले निकै कष्टकर संघर्ष गर्नु पर्यो नेपालका पहिला सहिद लखन थापा देखी  विभिन्न आन्दोलन र यूद्वमा नेपाली जनताका छोराछोरी , श्रीमान श्रीमती , आमाबुबा ,दाजुभाइ,  दिदिबहिनी  र इष्टमित्रहरूले आफ्नो ज्यानको आहुती दिनु पर्यो । कुनै समयमा भौगोलिक संघर्ष त कुनै समयमा राजनीतिक  अधिकारको लडाइमा आफ्नो पसिना र खुन नेपाल  आमाको लागी  बगाएको इतिहासका साक्षी छौ  हामी ।
भौगोलिक एकीकरणको यूग र लोकतान्त्रिकरणको यूगको अनत्यमा नेपालको लोकतान्त्रिक गणतन्त्र संविधान घोषणा संगै नेपाली राजनीतिक इतिहासमा नयाँ युगमा प्रवेश गरेको अनुभुती गरे आम नेपाली जनताले । मुलतः राजनीतिक अधिकार स्थापित भएका पनि छ्न । आर्थिक विकास र समृद्धि  हुँदै समाजवाद उन्मुख समाज निर्माणमा  प्रवेश गरेको छ । तर
नेपाली जनताले  गरेको आशावादी यात्रामा  ठेस लाग्न सक्ने र लगाउन सक्ने संकेत पनि उत्तिकै तिर्मिराउन्छ्न ।अनि उत्तिकै हौसिएका छ्न पनि  । जब  जब  नेपाली जनताको योगदानको मुल्यांकन हुन्छ  तब तब  नेपाली राजनीतिक इतिहासमा ती संकेत नदेखिएको भन्ने होइन । चाहे  त्यो  २०१५ होस चाहे  २०३६ होस  चाहे  २०६५ देखी २०७१ सम्म होस  । यी सबै कालखण्डमा नेपाली जनताको हार भएको इतिहास छ ।
अथवा हाम्रो नेतृत्व चुकेको छ ।कि हामीले चुकाएका छौ ? किन कि नेतृत्व निति  र कार्यन्वयन गर्ने कर्मचारी तन्त्र बिचको अन्तर दोन्द्व  र अनि  एक्टिभिजम कार्यकर्ता र समपर्णवाद कार्यकर्ता बिचको अन्तर दोन्द्व नै मुख्य कारण देखिन्छ । उदाहरण को लागि विपि को प्रजातान्त्रिक समाजवाद , मदनकुमार को  जनताको बहुदलीय जनवाद , प्रचण्ड को जनगणतन्त्र र बाबुराम भट्टराई को  समुउनन्त समाजवाद लाई अध्यन नगरी विरोधको लागी  विरोध गर्नु  अनि  असफल पार्ने चरम कोशिश गर्नु  पनि  नेपाली जनताको हार हो भन्ने कुरा  नेपाली इतिहासले  प्रमाणित  गरेको छ र गर्दै जानेछ
अब संविधान जारी पश्चयात बनेको  कम्युनिस्ट पार्टी को दुई तिहाइ शक्तिशाली सरकार  देशमा विध्यमान   छ । समृद्ध नेपाल सूखी नेपाली नारा छ तर  संकेत पुरानै छ । कारण  हामीले  माथी उल्लेख गरे झै  पुरानो जगमा  नयाँ आर सि सि भवन निर्माणको कल्पना गर्दै छौ  । जनता लाई  अनगिन्ती सपना बाड्नमा व्यस्त छौ  । एक्टिभिजम कार्यकर्ता  र समपर्ण कार्यकर्ता विचको फरक  छुट्याउन सकेका छैनौं  । गणेश  हनुमानको भक्त बन्दै छ सरकार  विरोधका लागि  विरोध गर्ने शैलिको विकास गर्दै छ प्रतिपक्षी ।
दिनमा १९०० हिसाबले नेपाली दक्ष यूवाहरुखाडी मुलक तिर जादै छन । लगभग करोड सेरोफेरोमा श्रमिक यूवा भारतमा  पलायन छ  तर  हाम्रो  देशमा  २०३० मा दरखास्त दिएका  पुर्णरूपमा  पंचायतले  नुन  गुन  लगाएका अधिकांश कर्मचारी छन  । के पंचायतको छाहारी मा हुर्केको र पंचायतको नुन चाखेको कर्मचारीले हाम्रा नेताले  भने जस्तो ।   गणतन्त्र नेपाल मा  समृद्ध नेपाल सुखी नेपाली नारा सफल बनाउनेतर्फ जान  सक्छ  अथवा जान चाहान्छ ? के हनुमान र गणेश प्रवितीका  संपर्णवाद  कार्यकर्ताले  सरकारलाई  सहि र अध्यनशिल सुझाव र सल्लाह  दिन सक्छ  । राजनीति भनेको  नै  दोस्रो दलको  विरोध गर्नु पर्छ भने  राजनीति चेतनाले  समृद्ध नेपाल  बनाउन सक्छ  । कार्यकर्ता  नेता बिचको सम्बन्ध  मालिक  र नौकर जस्तो  आदेश लिने र दिने  शैलिले जनताको  समस्यमा दल अगाडि  बढन सक्छ  ? जस्को उदाहरण  भकर समाननिय प्रधानमन्त्री ले कार्यकर्ता लाई  दिएको  अंरियालर माहुरी  बन्न भनी दिएको  आदेशले  प्रष्ट हुन्छ  । लोकतन्त्रमा विरोध रक्षा प्रतिरक्षा   हुन्छ  तर  राजनीतिक रूपमा   । एजेन्डा विहीन प्रतिपक्षीका  संपणवादी  कार्यकर्ताले  सोही  अविव्यक्ती लाई  प्रमुख  एजेन्डा बनाएर  विरोध गरेको देख्दा त  झनै  लोकतन्त्रको उपहास हुन्छ  ।
देश र जनताको नाममा राजनीति गर्ने  अध्यनशिल दल र  नेताको  खडेरी छ्  आज नेपालमा ।  आदेश लिने  र आदेश दिने   नाममा मात्र  आज नेपाली जनताको पसिना बाट उठेको
करको  चरम  दुरुपयोग हुँदै छ । अरबौ रुपैया भ्रष्टाचारमा  स्वाह! हुँदै छ ।   विरोध गर्नु  मात्र राजनीति हो  भन्ने कुरा को विकास हुँदै छ  । हत्या ,बलात्कार , तोडफोड , आगजनी र धाक धम्कीले  मात्र आफ्नो राजनीतिक सफल गराउने र मुद्दा स्थापित गराउने  शैलीको विकास  हुँदै छ्  । उदाहरण धेरै छन  ।निर्मला  हत्याकाण्ड को परिमाण नष्ट गर्नु  र , अत्तरिया मा पत्रिका जबर्जस्ती खोसेर  जलाउनु  यस्तै  परिपाटीका  उदाहरण हुन ।
अध्यन विनाको  घमण्डको  बरबर्तामा देखिन्छ  सरकार  सपनाहरू हजार छन  तर  काम कुरो  एकातिर  कुम्लो बोकि ठिमी तिर  जादै छ  सरकार  !  जनताकलाई  सामान्य जीवन चलाउन गाह्रो छ  । स्वास्थ, शिक्षा ,रोजगार सडक यातायात खाने पानी  सुरक्षा जस्ता अधारभुत मौलिक हकको स्थिति दिनप्रतिदिन दयनीय हुँदै छ्  । बलात्कारका  घटना   र विदेश बाट  लाश नाअएको दिनै छैन   खाल्डाखुल्डी नभएको  कुनै  रोड नै  छैन  । एक दिन  काम गर्ने कुनै  कार्यलय नै छैन  अनुशासन  र शुसासन को नाम नै  छैन  । सपना  रेल  पानी  जाहाज  र अन्तर्राष्ट्रिय कनेक्टिभिटिको  गफमा  मस्त छ्  ।यो  आवश्यक छैन  भन्ने होइन  तर तत्काल  जनताको चिन्ता के मा  छ्  तेतातिर उपलब्धि शुन्य  जस्तै छ् ।
जनताको इच्छा विपरीत  इतिहास बिनाको निर्णय लिन आतुर छ । इतिहासको अध्यनले नै  भविस्य सुनिश्चित गराउन्छ तर  याहा लोकतन्त्रको नाममा  मनपरि तन्त्र छ । गणेश , हनुमान र संपरणवादीको नेताकार्यकर्ता को  चित्त बुझाउनमा  वेश्त  छ सरकार   । प्रतिपक्षी  एजेन्डा विहीन  रमिते छ । जसको  उदाहरण  यस  ७ न. प्रदेशको  नाम र राजधानी  तोक्न  विषयमा  स्पष्ट देखियो  ।हजारौं  सहिद  लाखौं  वेपत घाइते  अपाङ्ग  र तमानौ घरबार बिहिन  नेपाली जनता  अनि झन्डै दुई करोड असी लाख नेपाली जनताको  योगदान बाट  प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को  मुलमर्म त बिर्से बिर्से  तर ७ नम्बर  प्रदेशको इतिहास सम्म पअनि  अध्यन  गरेन सरकारले  !
नाम सुदुरपश्चिम रे  संघीयता को पहिलो सरकार  प्रदेश सरकार  अनि  विधायकहरुले   पहिलो निर्णय गर्दा  अलिकति पनि  भविस्यको  बारेमा  चिन्तन गर्नुपर्ने  ? याहाको इतिहास  र याहाको गरौवपुर्ण  योगदान लाई  त सम्झिनु पर्ने  जसमा  भविस्यका  हाम्रा नानीहरू लाई  गौरव हुन्थ्यो कि ? देश विदेश राष्ट्रिय अन्तर्राष्ट्रियमा  हाम्रो इतिहास साक्षी हुन्थ्यो  कि ?  हामी  यो प्रदेशका वासिन्दा  हौ जाहा सहिद  दशरथ चन्द ठाकुर  जन्मिए , र भिमदत्त जस्ता  क्रान्तिकारी जन्मिए हामी त्याहा बासिन्दा हौ अपि शैपाल हिमाल  देखि  खप्तड जस्तो  स्वर्ग छ हामी  त्यो  प्रदेशका  बासिन्दा हौ  त्रिपुरा  सुन्दरी देखी  शैलेश्वोरी जस्ता  भक्ति  पिठ छन  , हामी  त्यो  प्रदेशका बासिन्दा हौ  जाहा सेती माहाकाली जस्ता नदि बगेकी छन । हामी  त्यो प्रदेशको  बासिन्दा हौ जाहा बाट   मानव संस्कार संस्कृति र नैतिकताको जन्म भएको   थियो  मानसखण्ड  र हामी त्यो  प्रदेशका बासिन्दा हौ  ।जो कुनै  दिन  खलसांङ जस्तो  शक्तिशाली राज्य  थियोे  ।  तर  हाम्रा  मुखिया ले र जनताका प्रतिनिधि ले राखे  सुदुरपश्चिम नाम
जो नाम को अर्थ  हुन्छ । अंग्रेजीमा  (सुदुर ) remote the  distant अनि नेपाली मा हुन्छ ( सुदुर ) आफ्नो  पहुँच देखी  धेरै  टाढा  अथवा  पहुँच नभएको  । यो  नाम राजा  महेन्द्र ले राखेका हुन जो समकालीन अवस्थामा  वस्तुगत थियोे  र  नाम अनुसार  काम पनि  गरेर हामी यो स्थान छौ  जो  पंचायत निति अनुसार हामी  पहुँच बाट  धेरै टाढा  थियौं  । त्यही  भएर  राजा  महेन्द्र लाई  वस्तुवादी राजा  मान्द्छ्न । तर  आज हाम्रा    नेता र सरकार को मत पनि  ठ्याक्कै  मिल्यो । जुँगा चल्यो  कुरा  बुझ्यो जनता  लाटा छैन  । हरेक उसका  अध्यनशैली कार्यशैली बाट  थाहा हुन्छ  कि उसको  नेत र नियती को बारेमा  । आफुलाइ कम्युनिस्ट  भन्न अधिक रुचाउने यो सरकार  र हामी  कार्यकर्ता हाम्रो  कार्यशैली   राजा महेन्द्र संग  मिल्छ  भन्ने  काहीं  हामी  क्रान्तिकारी गफ गरेर लुटतन्त्र र जनताको भावाना  विपरीत जादै  त छैनौं  कि त कम्युनिस्ट भन्ने  हरु  तपाईं हामीले  इतिहास को अध्यन नै  गरेका छैनौं  भन्नु पर्यो । होइन  भने  रातो झण्डा भित्र  जाआलि षड्यन्त्र जनता र कार्यकर्ता ले स्वीकार गर्दैनन् र गर्नु पनि  हुदैन  । परिवर्तनको नारामा पश्चयगामी निर्णय  गर्दा सम्म  हामी  काहा छौ  । हाम्रो प्रतिपक्षी  काहा छ ।  काले काले  मिलेर  खाउ भाले  खेलमा वेश्त  कमिसन मा मस्त  ।
नेपाली राजनीतिको चला  विचित्र !
 कार्यकर्ता  मख्ख छन नेता  पवित्र !
      जय समृद्धि  ! जय प्रदेश !!