अमेरीकालाई चुनौती दिन भारतले रुससँग संसारको सबैभन्दा खतरनाक मिसाइल ‘एस- ४००’ लिदै

प्रकाशित मिति : : शुक्रबार, अशोज १९, २०७५

काठमाडौँ, असोज १९ । भारतले रुससँग एस- ४०० मिसाइल लिने तयारी गरेको छ ।

अमेरीकाले दिएको धम्की र असन्तुष्टताका बिच भारतले एस -४०० मिसाइल लिने तयारी भएको हो । भारतीय मिडिया एन. डी. टिभि ले लेखेको अनुसार यस मिसाइल भारतले लिने सम्झौता भएमा अमेरीकाले जस्तो प्रतिवन्ध लगाएपनि त्यसको सामना गर्न सक्नेछ ।

भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भेट गरेका छन् । नयाँदिल्लीमा पुटिनलाई स्वागत गर्दै मोदीले हैदरावाद हाउसमा औपचारिक भेट गरेका छन् ।

यस भेटवार्तामा मूलतः रुसबाट भारतले ल्याउने भनिएको एस–४०० मिसाइल डिफेन्स सिस्टममाथि सम्झौतामा केन्द्रित हुनेछ ।

के हो ‘एस–४००’ मिसाइल ?

एस–३०० को अपडेटेड भर्सनको रुपमा एस मिसाइल सिस्टमलाई बुझिन्छ । जमिनबाट हावामा प्रहार गर्नमिल्ने यो सिस्टमले दुश्मन देशका जहाज, ड्रोन र मिसाइल समेत नष्ट गरिदिन सक्छ ।

रुसले यो सिस्टमलाई सिरियामा अहिले उपयोग गर्दै आएको छ । यसले मिसाइल र लडाकु विमानलाई ४ सय कलोमिटर दूरी टाढासम्म हमला गर्न सक्छ । यसको भारतीय मुल्य मात्रै ३७ हजार करोड रुपैयाँ पर्छ ।

डिफेन्स सिस्टमले एक तर्फ मिसाइल सील्डको काम पनि गर्छ । पाकिस्तान र चीनको एटमी क्षमता भएको ब्यालिस्टिक मिसाइलको खतरालाई जवाफी हतियार हुनसक्ने भारतीय मिडियाले टिप्पणी गरेका छन् ।

यो सिस्टमले अमेरिकाको सबैभन्दा एड्भान्स फाइटर जेट एफ–३५ लाई समेत नष्ट गर्नसक्छ । साथै सिस्टम–३६ परमाणु क्षमता भएको मिसाइललाई एकैसाथ नष्ट गर्न सक्छ । भारतले यो हतियार खरिद गरेपछि यस्तो शक्तिशाली हतियार खरिद गर्ने चीनपछि भारत दोस्रो मुलुक हुने छ।