हरिनारायण रौनियारको सांसद पद निलम्बन !

प्रकाशित मिति : : शुक्रबार, अशोज १९, २०७५

काठमाडौँ, असोज १९ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि संघीय समाजवादी फोरमका सांसद हरिनारायण प्रसाद साह रौनियारको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

शुक्रबार अख्तियारले विशेष अदालतमा पम्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष रौनियारसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा अदालतमा दायर भएमा सांसदको पद स्वतः निलम्बित हुने कानुनी प्रावधान रहेको छ ।

अख्तियारले यो विषयमा सभामुखलाई जानकारी गराएपछि रौनियारको सांसद पद निलम्बनमा पर्नेछ । रौनियर पर्सा–३ बाट फोरमको तर्फबाट निर्वाचित भएका थिए ।