राष्ट्रवादी केन्द्र नेपालको वृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटोसहित)

प्रकाशित मिति : : शनिबार, अशोज २०, २०७५

काठमाडौँ,असोज २० । राष्ट्रवादी केन्द्र नेपालले आयोजन गरेको बिजय दशमी,शुभ दिपावली,छट पर्व तथा नेपाल संम्वत ११३९ को शुभकानमा आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

बसन्तपुरको (हनुमान ढोका) मा आयोजना गरेको सो कार्यक्रमा राष्ट्रवादी केन्द्र नेपालले शुभकामना आदानप्रदान,साथै बृहत राष्ट्रवादी संस्कृतिक कार्यक्रम आज भव्यताका साथ सफल भएको हो ।

सो कार्यक्रममा उत्कृष्ट सस्कृति झल्किने खालका प्रतिभाहरुलाई झल्काइएको थियो । उक्त कार्यक्रममा हजारै राष्ट्रप्रेमीहरुको उपस्थिति रहेको थियो ।  नेपाली युवाहरूलाई भेडा बाख्रा जस्तै बेच्ने बिदेशीका एजेन्ट हरुलाइ खबरदारी गरौ र राष्ट्रवादी हरु एकजुट हुनुपर्छ भन्दै सो कार्यक्रमको स्रुवात भएको थियो । सो कार्यक्रममा राष्ट्रिय कलाका जीवन शर्मा,लोकनाथ सापकोटा र जे पापी ज्युको उपस्थिति रहेको थियो।

फोटो