पक्राउ परे सिके राउत

प्रकाशित मिति : : आइतवार, अशोज २१, २०७५

रौतहट, असोज २१ । प्रहरीले छुट्टै मधेशको अभियान चलाइरहेका सिके राउतलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका कार्यालय रौतहटले राउतलाई आइतबार नियन्त्रणमा लिएको प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

राउत मधेस छुट्टै देश बनाउनुपर्छ भन्ने अभियानका अभियन्ता हुन् ।

रौतहट जिल्ला अदालतबाट नियमित पेशीमा उपस्थित भई फर्किने क्रममा उनलाई पक्राउ गरिएको हो । राउतलाई राज्य विप्लवको अपराधमा मुद्दा चलाइने प्रहरीको भनाइ छ ।