निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

प्रकाशित मिति : : आइतवार, अशोज २१, २०७५

काठमाडौँ, २२ असोज निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।

पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन ३७ पेजको छ । आइतबार मन्त्रालयले छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-२ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानबिन र तथ्य सार्वजनिक गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

१५ दिनको समय पाएको समितिले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष असोज ९ गते प्रतिवेदन बुझाएको थियो । गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको ११ दिनपछि गृहमन्त्रालयले वेवसाइतमार्फत् प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो ।

हेर्नुस् प्रतिवेदनको पूर्णपाठ