सोमवार घट्यो सुनचाँदीको मुल्य

प्रकाशित मिति : : सोमवार, अशोज २२, २०७५

gold silver

काठमाडौँ, असोज २२ । साताको दोस्रो दिन सोमवार बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार भन्दा आज सोमवार सुनको मुल्य २ सयले घटेको हो ।
महासंघका अनुसार छापावाल सुनको मुल्य प्रति तोला ५९ हजार र तेजाबी सुनको मुल्य ५८ हजार ७ सय कायम भएको छ ।

सुनचादी व्यवसाही महासंका अनुसार आइतवार भन्दा आज सोमवार चादीको मुल्य पनि घटेको छ । चाँदी आइतवार भन्दा १० रुपैयाले घटेर प्रतितोला ७ सय ४० रुपैयामा कारोवार भइरहेको छ ।