भुटानमाथि नेपालको सानदार जित

प्रकाशित मिति : : मङ्लबार, अशोज २३, २०७५

काठमाडौँ,असोज २३ । मलेसियामा जारी आईसीसी विश्व टी-२० एसिया छनोटको नेपाल विरूद्धको खेलमा भुटानले लज्जास्पद हार व्यहोरेको छ।

प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो ।

नेपालका लागि ललित राजवंशि र सन्दिप लामिछानेले समान ३ विकेट लिएका थिए भने, बसन्त रेग्मीले २ विकेट र दिपेन्द्रसिंह एेरी र सरद भेष्वाकरले एक विकेट लिएका थिए ।

नेपालले यसअघि निर्धारित २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय ५० रन जोडेको थियो । टस हार्दै ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर प्रदिप एेरिले ७५ रन , अनिल शाहले २७ रन, आरिफ शेखले १३ रन, दिपेन्द्र सिंह एेरिले १५ रन, करण केसिले नटआउट ११ रनको योगदान गरेका थिए।

नेपालले प्रतियोगिताको यसअघिका ३ खेलमा सहज  निकालेको थियो । म्यानमार र मलेसियालार्इ ८ विकेटले हराएको नेपालले थाइल्याण्डलार्इ डकवर्ड लुइस  नियमका आधारमा १४० रनले पराजित गरेको थियो ।