जनप्रतिनिधीको संविधान विरुद्ध व्यवहार असोभनीय : नेकपा केन्द्रिय सदस्य नागेन्द्र चौधरी

प्रकाशित मिति : : मङ्लबार, अशोज २३, २०७५

काठमाडौँ, असोज २३ । नेपालमा प्रसस्त मात्रामा खेतीयोग्य जमिन भएको तथा अन्न भण्डार भनेर तराइ क्षेत्रलाई चिनिने गरिन्छ जहाँ प्रशस्त मात्रामा चुरेबाट बग्ने खोलानालाहरु छन् । यसका अतिरिक्त भु–राजनीतीक हिसाबले तराई नेपालको एक महत्वपुर्ण र संवेदनशिल भु–भाग पनि हो ।
तराईका जिल्लाहरु मात्र पर्ने गरि बनाइएको एक मात्र प्रदेश हो प्रदेश नं २ । यस प्रदेशमा पर्शा देखी सप्तरी सम्मका ८ ओटा जिल्लाहरु पर्दछन् । क्षेत्रफलको हिसाबले यस प्रदेश ९ हजार ६ सय ६१ वर्गकिलोमिटरमा फैलिएको छ । यो प्रदेश जहाँ थोरै मात्रामा चुरे जंगल भएतापनि अधिकांस ठाँउहरुलाई समथल भु–भागले ओगटेको छ ।
चुनौती र अवसर सँगै खेतीयोग्य जमिनबाट के- कस्तो फाईदा लिन सकिन्छ प्रदेश नं २ मा विकासका आधारहरु के के छन् । यस्तै यस्तै विषयमा आधारीत भई अखबार दैनिकका सम्वाददाता मिनेश काफ्लेले नेकपाका केन्द्रिय सदस्य नागेन्द्र चौधरीसँग छोटो कुराकानी गरेका छन् ।

प्रदेश नं २ मा के कस्ता समस्याहरु छन् ?

प्रदेश नं २ मा पर्शा देखी सप्तरी सम्ममा ८ ओटा जिल्लाहरु पर्दछन् । ती ८ ओटा जिल्लाको भौगोलिक अबस्था हेर्दा ९ हजार ६ सय ६१ वर्गकिलोमिटरमा फैलिएको यो प्रदेश जहाँ चुरे लगायत समथल भुभाग र प्रसस्तमात्रामा चुरेबाट मिश्रित हुने खोलानालाहरु छन् । अशिक्षा, गरिबि, पुर्वाधारको अभाव, जनचेतनाको कमी, राजनीतिक अस्थिरता, वर्गीय विभेद, वेरोजगारी आदि यस प्रदेशको प्रमुख समस्याहरु हुन् । यो प्रदेश नेपालको एक महत्वपुर्ण र संवेदनशिल भु भाग पनि हो ।

प्रदेश नं २ किन संवेदनशील भयो ?

हिजोका भाषामा अन्नको भण्डार भनेको तराइ जहाँ खेतीयोग्य जमिन प्रशस्त छन् । जुन प्रदेशको उत्पादनले नेपालमा ठुलो खाद्यान्न आपुर्ती देखि लिएर कृषि उत्पादनमा टेवा पु¥याउछ । भारत सँग खुल्ला सिमाना जोडिएको यो प्रदेशमा सिंगो पर्शा देखि सप्तरीसम्मको दक्षिणी भाग पुरै भारतको खुल्ला बोडर सँग जोडिएको छ । त्यहा मिश्रित बसोवास भएका कारणले गर्दा नेपालको त्यस भु भागमा बस्ने तराईबासीहरु र भारतका यु.पी. विहारमा बस्ने भारतीय जनताहरुको अनुहार देखि रहनसहन, रितिरिवाजको, जाती, भेषभुषा, संस्कृती आदी विभिन्न कुाराहरु मेल खान जान्छ ।
सिमानापनि खुल्ला छन्, जसकारण अवैध हातहतियार पनि त्यहा बाट सहज तरिकाले भित्रिने गर्दछ । जसका कारण अपराधिक गतिविधी, तस्करी पनि बढी हुने गर्दछ । नजिकै सिमाना भएका कारण त्यहा अपराधीक व्यक्तिहरु पनि लुक्न सहज छ । यता का अपराधी उता र उता का अपराधी यता लुक्न सहज देखिएकाले संवेदनशील देखिन्छ ।

प्रदेश २ मा अवसरहरु के छन् त ?

सबै भन्दा पहिले कृषि

यहाको मुख्य अवसर भनेको कृषि हो । जसका लागि सबैभन्दा पहिले त भु उपयोगको निति ल्याउनु पर्छ । भु उपायोग निति भन्नाले जमिनलाई छुट्याउने, वर्गीकरण गर्ने र यस आधारमा कुन क्षेत्रमा कस्तो खालको बाली लगाउँदा उत्पादन मनग्य हुन्छ, यसलाई निर्धारण गर्नुप¥यो ।

सिचाईको प्रवन्ध
प्रशस्त खेतीयोग्य जमिन हुदाको बाबजुत पनि सिचाइको अभाव छ । आकाशीय पानीको भरमा खेती गर्नु पर्ने बाध्यता छ । यस्तो समस्यालाई सहज गर्न कोसी, मरिण, कमला, बाग्मती डाइभर्सन र गण्डक नहर व्यवस्थित गर्नुपर्छ । चुरेपछी जङ्गलको किनारमा ठुला नहर पुर्व पश्चिम निर्माण गरी यस प्रदेशमा बग्ने खोलानालाहरुलाई तिनै नहरमा मिसाउने । नदिले उकासेका जग्गाहरुमा ब्यापक विक्षारोपण गर्नका साथै बनभित्र ठुलाठुला तालहरुको निर्माण गर्ने र भुमिगत जल प्रयोग गर्ने ।
कृषि प्रविधिको उचित व्यवस्थापन
अहिले कृषि प्रविधिको उचित व्यवस्थापन भएको छैन, सर्वप्रथम त कृषि प्रविधिको उचित व्यवस्थापन गर्ने र खाध मल, बिउ र औषधीलाई सर्वसुलभ बनाउँने ।

नगदेवालीमा जोड
यी सँगै नगदेबालीलाई पनि जोड दिने । जसमा पशुपालनलाई व्यवस्थित गर्ने, दुध अण्डा, कुखुराको मासु, माछा मा आत्मनिर्भर हुन सकिने प्रवल सम्भावना रहेकाले त्यसलाई जोड दिने ।

प्राकृतिक स्रोतको उचित व्यवस्थापन
त्यसपछी प्राकृतिक स्रोतको उचित व्यवस्थापन र उपयोग गर्नुपर्दछ । कृषिमा आधारीत उधोगहरुको स्थापना संचालनमा जोड दिने । यसका लागी पर्याप्त बिजुली र दक्ष जनशक्तिको उपलब्धता हुनुपर्छ र अन्य उधोगहरु निर्माण रुपमा संचालन भईरहनका लागी आवश्यक प्रवन्ध मिलाउने तथा उत्पादित बस्तुहरुको बजारीकरण राम्ररी गर्ने ।

बिभेधको अन्त्य
सामाजीक क्षेत्रका बिभेध अन्त्यका लागी जनचेतना अभिवृद्धि अभियान देखी गुणस्तरीय शिक्षामा जोड दिने । रोजगारको अवसर उपलब्ध गराउने र भष्ट्राचार तथा अनियमिततालाई कडाईका साथ नियन्त्रण गर्ने ।

संविधानको स्विकार वा ग्रहण गरेका मन्त्रीनै संविधानको विरोध गरिरहेका विषयमा के भन्नुहुन्छ ?

संविधानसभाबाट, संविधानसभामा उपस्थित सबै दलको सहमती र सम्झौतामा बनेको संविधानलाई सबैले स्विकार गर्नुपर्छ । यसमा भएका कमि तथा त्रुटि समयक्रममा संसोधन गर्दे जान सकिन्छ । तर जनप्रतिनिधी वा सस्थाबाट बनेको संविधान अनुसार निर्वाचित भई आएका जुनसुकै दल वा प्रतिनिधीले संविधानको विरुद्धमा उभिईरहनु उपयुक्त हुदैन ।

संविधान कार्यन्वयनको लागी के गर्न सकिन्छ ? 

संविधान कार्यन्वयन भइसकेको छ । यसका धारा उपधाराहरु बमोजिम सबै काम एकै पटक हुदैन, आवश्यकता अनुसार हुदै जान्छ । कतिपय विषयका कानुनहरु अझै बनाउन बाँकि रहेकाले यथासिघ्र बनाईनु पर्दछ । साथै यस संविधानको अध्यनका बारेमा अन्योलता देखिन्छ । जस्तै बनाउनेले वा स्विकार गर्नेले किन अध्यन गर्ने भन्ने र अस्विकार गर्नेले हामीले अस्विकार गरेकै छौ किन अध्यन गर्ने भन्ने मनोवृति देखिन्छ । जबकी पटक पटकको घनिभुत अध्यन र छलफलबाट सकारात्मक पक्ष र नकारात्मक पक्ष छुट्याउन सकिन्छ । म सबैलाई के विनम्रता पुर्वक आग्रह गर्न चाहन्छु भने, पहिले अध्यन गरौ र त्यसपछी देखिने नकारात्मक पक्षहरुको बारेमा छलफल गरेर निकास निकालौ ।

यदि सफल कार्यन्वयन भएन भने भविष्यमा के हुन्छ ? 

संविधानसभाबाट जारी भएको यो संविधान कार्यन्वयन हुन्छ नै । कुनै संसोधन गर्नुपर्ने धारा उपधारा देखिएमा समयक्रममा संसोधन हुदै जानेछ । यसको कार्यन्वयनको बारेमा कतिपय नकारात्मक टिप्पणी गर्नहुन्छ तर मैले स्पष्ट भन्न चाहन्छु, बेलाबेलामा संसोधन भएतापनि संविधान सर्वस्विकार हुनेनै छ ।

अन्तमा जनतालाई के भन्नुहुन्छ ?

अहिले बडादशै, तिहार, छठ जस्ता महत्वपुर्ण चाडपर्वहरु नजिकिदै छ । नेपालीहरुको यी महान पर्वहरु मंगलमय होस । देश सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अध्यायबाट अगाडी बढिरहेको यस महान अभियानमा हामी सबै नेपालीहरु एक जुट भई अगाडी बढौ यहि मेरो सुभकामना छ ।