वामदेवको उम्मेदवारी लोकतन्त्रको भ्रष्टीकरण र अनिष्टताको संकेत : बाबुराम भट्टराई

प्रकाशित मिति : : बुधबार, अशोज २४, २०७५

BABURAM BHATRAI AND BAMDEV

काठमाडौँ, असोज २४ । काठमाडौँ ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर सो क्षेत्रमा हुने उपनिर्वाचनमा वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी नेकपाले गरेको छ ।

उता रामवीर मानन्धरले पनि आफु बामदेव गौतमलाई काठमाडौँ ७ बाट सक्दो सहयोग गर्ने बताईसकेको छन् । तर नयाँशक्ति पार्टीका संयोजक एवम् पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतमलाई काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् ।

उनले यसलाई लोकतन्त्रको भ्रष्टीकरणको संज्ञासमेत दिएका छन् ।  यस विषयमा आफ्नो धारणा ट्वीटरमार्फत सार्वजनिक गर्दै डा।भट्टराईले भनेका छन्, ‘काठमाडौँ ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्याऔं !’

उनले ट्वीटमा भनेका छन्,