संसदमा नारायणकाजीलाई पनि ल्याउनु पर्छ : झलनाथ खनाल

प्रकाशित मिति : : बुधबार, अशोज २४, २०७५

काठमाडौँ, असोज २४ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता झलनाथ खनालले संसदमा नारायणकाजी श्रेष्ठको पनि आवश्यकता भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दे नेता खनालले संसदमा नारायणकाजी श्रेष्ठको पनि आवश्यकता रहेको बताएका हुन् ।

ऋषि धमलाले संसदमा वामदेव गौतमको आवश्यकता छ भन्ने प्रस्नमा खनालले भने,आवश्यकता त किन छैन ? पार्टीका सबै नेताहरुको आवश्यकता हुन्छ । नारायणकाजी श्रेष्ठको आवश्यकता छ । जति साथीहरुले चुनाव हार्नुभयो सबैको आवश्यकता छ ।

उनले आफु वामदेवको विरोधी नभएको पनि दावी गरे उनले भने,म बामदेवजीको विरोधमा छैन । चुनाव जितेर प्रतिनिधीसभामा आउनुभयो भने राम्रो हुन्छ ।