दशैँको मुखमा फेरी बढ्यो सुनको मुल्य

प्रकाशित मिति : : बिहिबार, अशोज २५, २०७५

gold silver

काठमाडौँ, असोज २५ । नेपालीहरुको महान चाड दशै नजिकिदै गर्दा साताको पाँचौ दिन आज बिहिबार पनि बजारमा सुनको मुल्य फेरी बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार भन्दा आज बिहिबार छापावाल सुनको मुल्य ३०० रुपैयाले बढेको हो । बुधबार ५९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३०० रुपैयाँले बढेर ५९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

बिहिबार तेजावी सुनको मुल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ३०० रुपैयाँले बढेर ५९ हजार कायम भएको छ ।

महासंका अनुसार बिहिबार चाँदीको मुल्य भने बढेको छौन । बुधबार ७ सय ४० मा कारोबार भएको चाँदी आज बिहिबार पनि सोहि मुल्यमा कारोबार भईरहेको छ ।