नेक्स्ट टप मोडल नेपालको फस्ट लुक र टिजर सार्बजनिक

प्रकाशित मिति : : बिहिबार, अशोज २५, २०७५

काठमाडौं, असोज २५ । नेक्स्ट टप मोडल नेपालको फस्ट लुक र टिजर सार्बजनिक भएको छ ।

काठमाडौं को कर्मा लञ्जमा आयोजित एक कार्यक्रममा उत्कृष्ट १३ प्रतिस्पर्धि सँगै टिजर सार्बजनिक गरिएको हो ।

रियालिटि बेसमा गरिने कार्यक्रममा विभिन्न प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाउन पाउने छन् । एउटा पर्फेक्ट मोडल बन्न चाहिने सम्पूर्ण चिजमा अब्बल बनाई क्लोज क्याम्पमा राखिने छ र विभिन्न एपिसोडमा परफमेन्सको जजमेन्ट गरिने इभेन्ट मेन्टर कोरीयोग्राफर बेनिश भण्डारीको भनाई छ ।

यसअघि मेघ र बेनिशले विभिन्न पेजेन्ट कोरीयोग्राफ गरिसकेका छन । र वाल्कको विशेष क्लास इन्टरनेसनल मोडल दिक्पाल कार्कीले लिएका थिए भने अफिसियल फोटोग्राफर अनुप गुरुङ र सुदिप पोख्रेल रहेका छन् ।

साथै टिजर लन्च कार्यक्रममा कर्मा फिल्मको विशेष टिजरपनि देखाइएको थियो । कर्माका मुख्य कलाकार मिस्टर इन्डिया २०१७ का विजेता करन वर्मा को विशेष उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बर्माले सम्पूर्ण प्रतिस्पर्धी तथा टिमलाई शुभकामना व्यक्त गरेका थिए ।

ब्लु रेज प्रोडक्सनले आयोजना गरेको कार्यक्रम नेक्स्ट टप मोडल नेपालको विजेताले २ लाख नगद सहित थाइल्यान्डको भ्रमण गर्न पाउनेछन् र विभिन्न म्युजिक भिडियो, विज्ञापनमा समेत काम गर्न पाउनेछन् । काष्टमण्डप टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको फाइनल मंसिरमा हुने जनाईएको छ ।

टिजर लन्च कार्यक्रममा बोल्दै इभेन्ट हेड मेघ मर्हजनले कार्यक्रम उत्कृष्ट रहेको र यसले अझै सफलताको बाटो लिने साथै आफुहरु अत्यन्तै उत्साहित रहेको बताए ।