चर्चामा नरेश पातलीको ‘गर्लफ्रेन्डु’ हेर्नुहोस् (भिडियोसहित)

प्रकाशित मिति : : शुक्रबार, अशोज २६, २०७५

naresh patali

 काठमाडौं, असोज २६ । बझाङका नरेश पातली नेपाल आइडलमा सहभागी भएपछि एकाएक हिट भए। धनगढी अडिसनमा ‘ऊ जितेर गई या हारेर’ बोलको गीत गाएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

नेपाल आइडल अडिसनमा छनोट नभए पनि उनको चर्चा भने सेलाएको छैन । पातलीले गत शनिबार ‘आई ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत बजारमा ल्याएका छन्। म्युजिक भिडियोमा पातली आफैंले अभिनय गरेका छन्। यस गीतमा बादल घिमिरेले संगीत भरेका छन्।

हेर्नुहोस् भिडियो