‘सोह्र वर्षे जवानी’ लिएर आईन गायिका आशा लामा (भिडियो सहित)

प्रकाशित मिति : : मङ्लबार, अशोज ३०, २०७५

काठमाडौं, असोज ३० । सुमधुर स्वरकि धनि नवगायिका आशा लामा आफ्नो ‘सोह्र वर्षे जवानी’ लिएर बजारमा आएकि छिन् ।

गायिका लामा ‘छमछमी नाचौँ कि कम्मरै भाँचौ कि, सोह्र वर्षे जवानीमा मिठो माया गासौँ कि’ बोलको गित लिएर आफ्नो शसक्त र सुमधुर स्वरमा बजारमा आएकि हुन् ।

माया प्रेममा आधारित रहेको यस लोकपप विधाको गितमा उनको एकल स्वर रहेको छ भने यसको म्युजिक भिडियो पनि बजारमा आएको छ । सुन्दै नाचौँ नाचौँ लाग्ने यस गितको रचनाकार राजुप्रसाद आचार्य हुन् भने संगित मधुसुदन खनालले गरेका छन् । अनुप पौडेलको सम्पादन तथा रविन्द्र बरालको छायांकन निर्देशनमा बजारमा आएको यस गितको म्युजिक भिडियोमा अहिलेकि हट मोडल रिया श्रेष्ठ लगायत भिम लामा, कला सेवा, गिताञ्जली रसाईली र गायिका स्वयम् आशा लामाको पनि अभिनय रहेको छ ।

भर्खरै बजारमा आएको यस गितको सामाजिक सञ्जालमा ब्यापक तारिफ र सेयर भईरहेका छ ।

हेर्नुहोस् गितको भिडियो :