रिक्सा चलाईरहेका तामाङ बेपत्ता भए, खोजी गरिदिन परिवारको आग्रह

प्रकाशित मिति : : शुक्रबार, कार्तिक ९, २०७५

बनेपा, कात्तिक ९ । बनेपामा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन् ।

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–५ पुराना झाँगाझोली घर भई विगत २०/२२ वर्षदेखि बनेपा नगरपालिका–९ शाहीटोल बस्दै आएका वर्ष ४२ का बखतबहादुर तामाङ यही कात्तिक २ गतेदेखि हराएको उनको श्रीमती शान्तकुमारी तामाङले बताईन् । आफू छोराछोरीसहित गत असोज २६ गते नै दशैँका लागि घर गएको र बखतबहादुर एक्लै बनेपा बसेकोमा कात्तिक २ गतेदेखि उनी वेपत्ता भएका हुन् ।

“म पछि आएँ, छोराछोरीलाई अगाडि नै पठाएकी थिएँ उनीहरूले कोठामा बुबा नरहेको बताएपछि खोजी गर्दा अहिलेसम्म फेला पर्नुभएन ।” शान्तकुमारीले भनिन्, “उनको खोजीका लागि सहयोग गर्नुप¥यो ।” बनेपा इलाका प्रहरी कार्यालयले जानकारी पाएपछि तामाङको खोजी गरिरहेको र अहिलेसम्म फेला नपरेको जनाएको छ ।