दिल्ली उडे प्रचण्ड, आजै साँझ स्वदेश फर्किने

प्रकाशित मिति : : शुक्रबार, कार्तिक ९, २०७५

काठमाडौँ, कात्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको दिल्ली प्रस्थान गरेका छन् ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका हुन् ।

उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गरेर आजै साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको जनाईएको छ ।