१५ औं वर्ष प्रवेशको अबसरमा साँग्रिला बैंकको रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति : : मङ्लबार, कार्तिक १३, २०७५

काठमाडौं, कात्तिक १३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्षमा प्रवेश गरेको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरि मनाएका छ ।

बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौं, कलष्टर कार्यालयहरु, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी, शुभचिन्तक तथा सर्वसाधारणद्वारा रक्तदान गरि कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त अवसरमा केन्द्रीय कार्यालय बालुुवाटार काठमाण्डौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन गरि सम्बन्धित नेपाल रेडक्रस सोसाइटी कार्यालयलाई हस्तान्तरण गरेको बैंकले एक प्रेस विज्ञप्ती जारी गरी जनाएको छ ।

मुुलुुकभर सातवटै प्रदेशमा गरि ६८ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले १८ वटा ए.टी.एम. तथा ५ शाखाहरुबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाइबाट लघुुबित्त सेवा समेत प्रवाह गर्दै आई रहेको छ ।

१५ औं वर्षमा टेकेको अबसरमा बैंकले यस दिनसम्म ल्याई पुुर¥याउन सहयोग गर्ने ग्राहक, शेयरधनी, सञ्चालक, बैंकमा खटिई सेवा गर्ने मानव संशाधन परिवार, शुभेच्छुकहरु तथा सम्पूूर्ण नियमनकारी निकायहरु एवं सहयोगी संस्था र कार्यालय साथै संचार मिडिया प्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गरेको छ ।

यस विकास बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता ब्यक्त गरेको छ ।