तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

प्रकाशित मिति : : सोमवार, कार्तिक १९, २०७५

काठमाडौं, कार्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकि छिन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याएका महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गरेकि छिन् । मानवअधिकारवादी अभियन्ता तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो ।