निर्मलाका लागि न्याय माग्दै प्रदर्शन गर्ने समुह पक्राउ

प्रकाशित मिति : : बिहिबार, मंसिर २०, २०७५

काठमाडौं, मसिर २० । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्मलाको न्यायका लागि भन्दै स्वस्फुर्त रुपमा विद्यार्थीहरु भेला भएर प्रदर्शन गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किदै गरेको समयमा उनीहरुले सरकारलाई दबाब स्वरुप प्रर्दशन गरेको बताए ।

प्रदर्शनमा उत्रिएका ९ पुरुष र ३ जना महिला गरि १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।

उनीहरुलाई अहिले वृत्तको हिरासतमा राखिएको छ । केरकार गरेर केही समयमा छोडने तयारी भएको बताए प्रसाईँले बताए ।