पुल्चोकबाट मन्त्री निवास हटाउने सरकारको निर्णय, भैंसेपाटीमा मन्त्री निवास पुल्चोक अतिथि भवन

प्रकाशित मिति : : बिहिबार, मंसिर २०, २०७५

काठमाडौं, मंसिर २० । सरकारले पुल्चोकबाट मन्त्री निवास हटाउने भएको छ ।

पुल्चोकलाई सरकारले राजकिय अतिथि भवन बनाउने भएको हो । मन्त्रिपरिषदको पछिल्लो बैठकले पुल्चोकबाट मन्त्री निवास हटाएर राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास बनाउने भएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले हाल पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवनलाई राजकीय अतिथि भवन बनाउने निर्णय गरेको हो ।