श्रृंखलालाई मिस वर्ल्ड जिताउन नेकपा नेताको जम्बो टोली चीनमा

प्रकाशित मिति : : शुक्रबार, मंसिर २१, २०७५

काठमाडौं, मंसिर २१ । मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई जितको हौसला प्रदान गर्न उनको परिवारसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको जम्बो टोली चीन पुगेको छ ।

चीनको सान्यामा भइरहेको मिस वर्ल्ड प्रतियोगितामा श्रृंखला मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी छिन् ।

श्रृंखलालाई हौसला दिन जानेहरुमा उनका बुबा बिरोध खतिवडा, आमा मुनु सिग्देल खतिवडासहितको टोली हो । बुबा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद हुन् भने आमा नेकपा मकवानपुर अध्यक्ष एवं प्रदेशसभा सदस्य हुन् ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर तथा नेकपा उपसचिव मीना लामा, तत्कालीन एमालेका मकनवानपुर जिल्ला सचिवालय सदस्य मदन दाहाल, उनका मामामाइजू, काकाकाकी, भाई लगाएत करिब ४० जनाको जम्बो टोली चीन पुगेका छन् ।