अब प्रचण्ड प्रधानमन्त्री बन्ने कुनै सम्भावना छैन : नारायणकाजी श्रेष्ठ

प्रकाशित मिति : : सोमवार, पुस ९, २०७५

narayankaji shrestha -akhabardainik

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको पाँच वर्ष नै केपी शर्मा ओली यो देशको प्रधानमन्त्री हुने स्पष्ट पारेका छन् ।यो बीचमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने कुनै सम्भावना नै नरहेको पनि उनले जिकिर गरेका छन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनमा कुरा गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । त्यस्तै उनले पार्टीको जारी स्थायी समिति बैठकमा सरकारको आलोचनामात्रै नभएर राम्रा कामको बारेमापनि समिक्षा भैरहेको जानकारी दिए ।

सरकारले गरेका राम्रा कामहरुको सबै नेताहरुले एकजुट भएर प्रचारप्रशारपनि गर्नुपर्छ भनेर नेताहरुले धारणा राखेको उनले सुनाए ।

हेर्नुहोस भिडियो: भिडियो प्राईम टाईम्सबाट