आफ्नो बलात्कार को प्रतीक्षा गर्दै छु

प्रकाशित मिति : : सोमवार, पुस ९, २०७५

अन्धकार छ कोठा… बत्ती झ्याल ढोका सबै बन्द छ अनि म  म्याक्सी लगाएर खाट मा पल्टेर आफ्नो बलात्कार को प्रतीक्षा गर्दै छु…. अचम्म लाग्यो होला के भन्दैछे यो भनेर कति ले खुस्क्यो कि के हो यसको भन्ने पनि सोच्नु भो होला हाहा होईन होईन मेरो दिमाग एकदम ठिक छ।  भर्खर १७ पूरा पुगेर १८ टेकेकी म कक्षा १२ को परिक्षा दिदै थिए। मलाई अझै प्रष्ट याद छ त्यो दिन वैशाख २२ गते म इकोनोमिक्स को परिक्षा दिएर घर फर्कदा घर मा पाहुना आउनु भएको थियो। आमा ले चिया बनाएर कान्छी ला त लग्दे पाउना लाई अनि सुन नमस्कार गर केही सोधे भने हासेर जवाफ दे है भन्नु भो अनि मैले पनि आमा ले भने जस्तै गरे। चिया दिएर आए अनि आमा लाई सोधे आमा को हुन तिनीहरु, आमा ले थोरै मुस्कुराउदै भन्नू भो तलाई हेर्न आएका, केटो इन्जिनियर हो काठमाडौ मा घर छ आफ्नै, भाग्यमानी रहिछेस मोरि। मलाई आमा को कुरा ले एक्कासी कहा बाट खसे जस्तै बनायो तर फेरि सोचे हेर्न पो आएको हो त थोडि बिहे गर्न आको हो र अनि मन लाई शान्त बनाएर आफ्नो कोठा तिर लागे। रै पनि मनले के मान्थ्यो र कोठा छिर्न साथ झ्याल ढोका सबै बन्द गरे अनि मोबाईल निकालेर उसलाई फोन लगाए, उसलाई फोन लगाए जो सङ म २ वर्ष देखि प्रेम सम्बन्ध मा थिए, जसलाई मैले कलेज को सुरुदिन देखि नै मनपराएको थिए। मैले उसलाई सबै कुरा सुनाए अनि उसले पनि मलाई हौसला दिदै भन्यो नआत्तिउ न लाटी केही हुन्न बरु तिनीहरु जाने बित्तिकै बुबालाई हाम्रो सम्बन्ध बारे भन्देउ। सायद आफुले माया गरेको मान्छे ले भनेर होला मलाई हिम्मत आयो अनि ति पाहुना जाने बितिकै मैले बुबालाई आफ्नो प्रेम सम्बन्ध बारे बेलिबिस्तार लगाए।
मेरो कुरा सकिन नपाउदै बुबाले अलि ठूलो स्वर मा भन्नू भयो “के छ त्यस्तो त्यो केटा मा भर्खर १२ मा पढ्दै छ न बुद्धि छ न केही त्यसमाथि अझ मतवाली रामराम सोच्न पनि कसरी सकिस तैले बाहुन कि छोरी भएर त्यो मतवाली सङ बिहे गर्ने छ्या छ्या छ्या यो सुन्नु भन्दा अगाडि नै म किन मरिन” । बुबाको यस्तो कुरा सुनेर म रुन थाले अनि फेरि बुबाले कराउदै भन्नू भयो यदि तलाई त्यही मतवाली चाहिने हो भने जा त्यसै सङ तर घर फर्केर चाई न आईज, त्यो नै चाहिने हो तलाई भने म रोक्दिन तर यति कुरा बुझ त्यो सङ जाने भए हाम्रा लागि त मरिस अब बाकी तेरो हात मा छ त त्यो मतवाली रोज्छेस कि बाउआमा। परिवारको खुसीका लागि मैले आफ्नो प्रेम सङ हार खाए… १२ को परिक्षा को अन्तिम दिन व्यवसाय को परिक्षा दिएर आएर मैले उसलाई मेसेज गरे “I’m so sorry, आज देखि मलाइ बिर्सिदेउ” अनि सिम टोकेर फालिदिए। बुबाले बिहे जेठ २० गतेलाई fix गर्नु भएछ घर आएर भन्नू भयो। म रोए कराए कति पटक आत्महत्या गर्ने प्रयास गरे तर सकिन म सङ अरु कुनै विकल्प थिएन किन भने म आफुलाई जन्म दिएर हुर्काई बढाई यत्तीको बनाउने आमाबुबालाई धोका दिन सक्दिन थिए अन्तत बाध्य भए म बिहे गर्न। बिहे को रात “सुहागरात” रे हा हा म खाट मा घुम्टो ले मुख छोपेर बसिरहेको थिए, एक अन्जान व्यक्ति जसलाई मैले चिनेकै छैन पहिले कहिलै देखेकै थिईन भन्दा मलाई हेर्न आको दिन चिया पुराउन जादा झलक्क देखेको थिए उसले आएर मेरो घुम्टो उठाउदै भन्छ “के सारो लजाकी हौ”।  अब झन मलाई खपीनसक्नु भयो, जोडजोडले चिच्याउ जस्तै भयो, उठेर दौडिम त्यहाबाट भागम जस्तै भयो कस्तो भयो कस्तो भयो यस्तो चाई भयो कि जुन तपाइहरु जो कोहिले अन्दाजा पनि लगाउन सक्नु हुन्न। रै पनि चुप बसे, उसले बिस्तारै मेरो शिरबाट घुम्टो उतारदै मलाई इशारा गर्दै खाट मा पल्टिने आदेश दियो… मेरो मनले उसलाई सम्झयो दुई वर्ष भएको थियो प्रेम सम्बन्ध मा बाधिएको, हरेक पल उसकै सम्झना आउथ्यो उ बिना जीवन नै पूरा छैन जस्तो लाग्थ्यो कति पटक सङै बाच्ने सङै मर्ने कसम खाएका थियौ तर कहिले उसले मलाई छुने हिम्मत गरेको थिएन तर आज एक अन्जान व्यक्ति मलाई मेरो घुम्टो उतार्दै मलाई बिस्तारामा पल्टिने आदेश दिदैछ तर पनि म चुप छु। त्यो एक रात बित्न मलाई एक वर्ष जस्तो लाग्यो, वहा त केही समय मेरो शरीर सङ जिस्केर निदाउनु भयो तर म निदाउन सकिन। मलाई वहाको हात रोक्न त्यति बेलै मन थियो जति बेला वहाले मेरो शिर बाट घुम्टो उतार्नु भएको थियो, मलाई वहालाई नाई मलाई छोड्दिनुस त्यति बेलै भन्न मन थियो जति बेला वहाले मेरो चोलो भित्र हात लग्दै हुनुन्थ्यो तर पनि मैले वहा लाई केही भन्न सकिन र आट पनि गरिन किनभने म त्यही समाज र घर मा हुर्किएकी छोरी हु जहा श्रीमतीले श्रीमान को विरुद्ध बोल्न हुदैन भनिन्छ, जहा श्रीमतीले सधै श्रीमानका अघि झुक्नु पर्छ भनिन्छ, जहा श्रीमान नै श्रीमतीको परमेश्वर हो भनिन्छ र पुजा पनि गरिईन्छ, हो म त्यही समाज मा हुर्केकी नारि हु मैले त्यस्तै देख्दै हुर्के कति पटक आफ्नै घरमा पनि देखेकी थिए बुबा बोलेसी आमा चुप बस्नुहुन्थ्यो त्यसैले पनि होला मैले केही बोल्न सकिन अनि सहेर बसे।
अर्को रात पनि त्यस्तै भयो, यसरी नै महिनौ बित्यो तर रातमा केही फरक आएन सधै वहालाई मेरो शरीर सङ जिस्किनै पर्ने। बिहे भएको महिनौ बितेसी… मन त हाम्रो एक कहिलै हुनै सक्दैन तर बिस्तारा सधै एउटै भएर होला हामि एकअर्का सङ निकै परिचित भैसकेका थियौ अब म वहा सङ खुलेर कुरा गर्न सक्थे अनि पछिपछि नाई आज नगरम भनेर भन्ने आट पनि गरे तर अह मेरो कुराको वास्तै हुदैन थियो अनि वहा शुरु भै हाल्नु हुन्थ्यो। मैले आनन्द सङ सुत्नका लागि महिना कुर्नु पर्थ्यो कहिले महिनाबारी हुईन्छ र भिन्दै सुत्न पाईन्छ भनेर।
मेरा कति सपन हरु थिए, धेरै पढ्न मन थियो, मलाई गायक बन्ने ठूलो रहर थियो, देश को ठूलो गायक बनेर टन्न पैसा कमाएर एउटा अनाथाश्रम खोलेर ती गरिब असहरा बालबच्चा लाई ल्याएर पाल्छु भन्ने सपना थियो, अब Nepal Idol को अर्को season मा चाई जसरी नि जान्छु एक खेप प्रयास गर्छु भन्ने नि सोचेकी थिए तर हामि छोरी मान्छे ले आफुले सोचेको जस्तो हुदैन रहेछ। मैले फेसबुक मा, articles हरुमा पढेकी थिए यदि तपाईलाई कसैले तपाई को इच्छा विपरीत बल जबर्जस्ती गर्छ भने त्यो स्वत बलात्कार हुन्छ चाहे त्यो तपाईको श्रीमान नै किन नहोस। हो मेरो दैनिक बलात्कार भैरहेको थ्यो मलाई थाहा थ्यो, मैले सधै नाई नगरम भन्दा पनि वहा ले कहिलै नसुन्ने भएर म वाक्क दिक्क भैसकेको थिए अनि अब चाहि अत्ति भो बलात्कार को आरोप मा मुद्दा नै हालिदिन्छु भनेर एक खेप अदालत पनि पुगे तर त्यहा वकिललाई भेट्नु अगाडी मैले सोचे मुद्दा कसलाई हालम श्रीमानलाई जो हरेक रात मेरो शरीर को बलात्कार गर्छन या त आफ्नो बुबालाई जसले मेरो जिन्दगीको नै बलात्कार गरेका छन म अचम्म मा परे, मेरो दिमागले भन्न थाल्यो कान्छि तेरो बलात्कार तेरो श्रीमानले गरेको होईन तेरो बुबाले गरेको हो, तेरो बुबाले तेरो बलात्कार एक पटक होईन बारम्बार गरेका छन  विभिन्न तरिका ले गरेका छन…
तैले तलाई गाउन मन छ गायक बन्न मन छ भन्दा त छोरी मान्छे भएर धेरै चम्केको राम्रो हुदैन भनेर तेरो सपनाको बलात्कार गरे,
तैले तलाई धेरै पढ्न मन छ धेरै कुरा गर्नु छ भन्दा कलिलै उमेरमा तेरो बिहे गर्देर तेरो भविष्य को बलात्कार गरे,
तैले त अरुकसैलाई माया गर्छेस चाहन्छेस भन्दा कि त्यो रोज कि हामी बाउआमा भनेर तेरो चाहना को बलात्कार गरे,
तलाई रहर नहुदा नहुदै पनि त्यो अन्जान केटो सङ बिहे गर्देर आज तेरो शरीर को दैनिक बलात्कार गरिरहेका छन,
दिमाग बाट यस्तो जबाफ पाउदा म एकछिन स्तब्ध भए, एकोहोरिए, अनि चुप लागेर घर फर्के किनभने म आफुलाई जन्मदिने आमाबुबालाई कसरी मुद्दा हाल्न सक्थे होला र, वहाहरुलाई नराम्रो भएको कसरी हेर्न सक्छु होला र आखिर जे जस्तो भएनी म वहाहरुकै छोरी त हु। वहाहरु त मेरा लागि सधै मेरो भगवान हो।
ला I’m so sorry… sorry है… म गको ल, मलाई ढिला भैसको…  मेरो श्रीमान मेरो शरीर सङ जिस्किन पर्खि राख्नु भा छ………
 -दिपेश रिमाल नेपाली