काङ्ग्रेस संसदीय दलका नेता पोखरेलद्वारा गाडी फिर्ता

प्रकाशित मिति : : शुक्रबार, माघ ४, २०७५

रुपन्देही, माघ ४ । प्रदेश नं ५ नेपाली काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् ।

प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महँगोमा गाडी खरीद गरेको समाचार बाहिर आएपछि उनले सो बारे निष्पक्ष छानबिनको माग गर्दै गाडी फिर्ता गरेका हुन् । नेता पोखरेलले आफू चढिरहेको लु१झ ४४७ नंको गाडीको साँचो संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनमगरलाई फिर्ता गरेका हुन् । साँचो बुझाउँदै पोखरेलले सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरीद गरेका सबै गाडीको कागजात झिकाइ छानबिन थालेकाले नैतिकताको आधारमा गाडी फिर्ता गरेको बताए ।