विद्यार्थी मृत्यको घटनामा अतिरञ्जितप्रचारबाजीभयो ब्रिटिश कलेज

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २८, २०७५

काठमाडौँ । शैक्षिक भ्रमणका क्रममादुबईको समुद्रमा डुबेर विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर एकपक्षीय रूपमागरिएको समाचार सम्प्रेषणप्रति द ब्रिटिश कलेजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
थापाथली, काठमाडौँस्थितकलेजले आज एक विज्ञप्ति जारी गर्दै भ्रमणका क्रममा समुद्रमा डुबेर मृत्यु भएकाविद्यार्थी गौरव श्रेष्ठको परिवार मिडियामा अतिरञ्जिततवरले प्रचारबाजीमाउत्रेको दाबी गरेको हो ।
कलेजले आफ्नाविद्यार्थीहरूलाई विभिन्नमुलुकहरूमाअन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गराउँदै आएको र उक्त भ्रमण विद्यार्थी र अभिभावकको स्वीकृतिमै गरिने विज्ञप्तिमा जनाइएको छ ।
यसै सन्दर्भमागत १२ फेब्रुअरीमा २६ जनाविद्यार्थीको समूहदुबई भ्रमणमा गएको र सोहीक्रममाविद्यार्थी गौरव श्रेष्ठको समुद्रमापौडि खेल्दाउनको ज्यानगएको थियो । समुद्रमापौडि खेल्न सख्तमनाहीगर्दागर्दै श्रेष्ठ अटेर गरि पौडिन गएको र सोहीकारण उनको ज्यानगएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विद्यार्थीलाई कलेजले लैजाने शैक्षिक भ्रमण अनिवार्य नभई ईच्छुक विद्यार्थीहरूको लागिमात्रै भएको समेत कलेजले जनाएको छ ।
विद्यार्थीको मृत्युपश्चातउनको शवलाई छिटोभन्दा छिटो स्वदेश ल्याउनकलेजले निकै ठूलो प्रयत्न गरेको र विद्यार्थीको मृत्युले कलेज परिवार समेत अत्यन्तदुःखीभएको बताउँदै अनर्गल प्रचारबाजीनगर्न मृतकविद्यार्थीको परिवारलाई विज्ञप्तिमा आग्रहगरिएको छ ।
विद्यार्थीको मृत्यु अन्यकारणले भएको भएसम्बन्धितव्यक्तिहरूदुबई प्रहरीकोकार्वाहीको दायरामाआइसक्ने र सम्बन्धितव्यक्तिहरू नेपालआउने अनुमतिपनि रोकिनेजानकारी समेत विज्ञप्तिमा गराइएको छ ।