सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्री गणेशराज पोखरेल नियुक्त

प्रकाशित मिति : : मङ्लबार, चैत्र १२, २०७५

काठमाडौं, ११, फागुन  – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०७५ साल चैत्र ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका श्री गणेशराज पोखरेललाई २०७५ साल चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आउनु भएको थियो । श्री पोखरेलले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएको छ । साथै २०६५ साल देखिनैे दोस्रो वरियतामा रही बैंकमा कार्यसम्पादन गर्दै आउनु भएको छ ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएको छ । बैंकमा आबद्ध हुनु अगाडी उहाँले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सक्नु भएको छ । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका श्री पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित हुनु हुन्छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री पोखरेलले “भित्र सिस्टम र बाहिर इमेज” लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताउनु भएको छ । नीति नियमको अनुपालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पु¥याँउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । डा. शंकर प्रसाद शर्मा, वरिष्ठ अर्थविद अध्यक्ष रहेको यस बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।