आईपीएलः कोलकत्ताको दोस्रो जित

प्रकाशित मिति : : बिहिबार, चैत्र १४, २०७५

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा कोलकत्ताले किंग्स इलाभेन पन्जाबलाई २८ रनले हरायो ।

दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा चार विकेटको क्षतिमा  एक सय ९० रन मात्र बनाएको थियो । पन्जावका लागि डेविड मिलरले अविजित ५९, मायंक अग्रवालले ५८, मन्दीप सिंहले अविजित ३३, क्रिस गेलले २० र सरफराज खानले १३ रन बनाए । बलिङमा कोलकत्ताका आन्द्रे रसेलले दुई, पियुष चवला र लोकी फग्र्युसनले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा दुई सय १८ रन बनाएकको थियो । कोलकत्ताका लागि अलराउण्डर प्रर्दशन गरेका आन्द्रे रसेलले ४८ रन बनाए । रोविन उथप्पाले ६७, नितिश रानाले ६३, सुनिल नारायणले २४ र क्रिस लिनले १० रन बनाए । बलिङमा पन्जाबका लागि मोहम्मद शामी, वरुण चक्रवर्ती, एन्ड्रयु टाई र हार्डस विलजोनले एक एक विकेट लिएका थिए ।