शनिबार, भदौ १ गते २०८२

अमेरिकामा नेपाली नर्सको क्यान्सरबाट मृत्यु, लास नेपाल ल्याउन गोफन्डमीबाट सहयोग जुटाइँदै

अमेरिकामा नेपाली नर्सको क्यान्सरबाट मृत्यु, लास नेपाल ल्याउन गोफन्डमीबाट सहयोग जुटाइँदै

अखबार दैनिक
बिहीबार , फागुन १० २०८०
  • अमेरिकामा नेपाली नर्सको क्यान्सरबाट मृत्यु, लास नेपाल ल्याउन गोफन्डमीबाट सहयोग जुटाइँदै

    ६ महिनाअघि मात्रै अमेरिका पुगेकी नर्स इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट निधन भएको छ।  ईलाम नाम्सालिङकी इनु योल्मोको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको हो। 

    उनको मृत्युपछि लास नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ। ह्योल्मो सोसाईटी अफ अमेरिकाले उनको अन्तिम संस्कारका लागि आर्थिक सहयोग जुटाउन गोफन्डमीको सहायता लिइएको छ। 

    उनी रोजगारमा आधारित तेस्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका पुगेको बताइएको छ।  निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा आन्द्राको क्यान्सर देखिएको थियो। चौथो चरणको क्यान्सर भएको पत्ता लागेपछि उनको उपचार सम्भव भएन र केहीदिनअघि मृत्यु भएको थियो।

    उनको लास नेपाल ल्याउनका लागि तलको लिंकमा गएर आर्थिक सहयोग सकिनेछ। 

    Supporting Inu Yolmo's Final Farewell

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ