शुक्रबार, साउन ३२ गते २०८२

बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित

बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित

अखबार दैनिक
सोमबार, असार ११ २०८१
  • बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित

    काठमाडौँ । बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित देखिएका छन् । देशभर ७७ जिल्लामध्ये ७२ जिल्लामा डेंगु फैलिएकामा सबैभन्दा बढी बागमती प्रदेशमा सङ्क्रमित पुष्टि भएको हो । 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ को जनवरीदेखि जुन २३ सम्मको अवधिमा देशभर १२ सय ६८ जनामा डेंगु देखिएकामा बागमती प्रदेशमा मात्रै ४४२ जना सङ्क्रमित छन् । 

    ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २९० जनामा डेंगु पुष्टि भएको छ । यस्तै, मधेस प्रदेशमा ३४ जना, गण्डकी प्रदेशका १९० जना, लुम्बिनीमा १५१ जना र कर्णाली प्रदेशमा १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  यस्तै सुदूरपश्चिममा १४२ जनामा डेंगु पुष्टि भएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ