बुधबार, जेठ २ गते २०८२

डेंगी संक्रमितको संख्या एक हजार ६०० भन्दा बढि,सबैभन्दा धेरै वाग्मती प्रदेशमा संक्रमण

डेंगी संक्रमितको संख्या एक हजार ६०० भन्दा बढि,सबैभन्दा धेरै वाग्मती प्रदेशमा संक्रमण

अखबार दैनिक
आइतबार, साउन ६ २०८१
  • डेंगी संक्रमितको संख्या एक हजार ६०० भन्दा बढि,सबैभन्दा धेरै वाग्मती प्रदेशमा संक्रमण

    काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या एक हजार ६०० नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जनवरीयता १८ जुलाईसम्म एक हजार ६५७ जना संक्रमित भएका छन् । जसमध्ये जुलाईका १८ दिनमा २४३ संक्रमित थपिएका हुन् । यो वर्षमा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।   

    images

    जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५७० जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १९६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

    यस्तै, झापामा १२८, चितवनमा ९२, मकवानपुरमा ७३, ओखलढुंगामा ५३, तनहुँमा ५६, भोजपुरमा ५२ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ