शनिबार, भदौ १ गते २०८२

परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि ध्यानाकर्षण

परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि ध्यानाकर्षण

अखबार दैनिक
मंगलबार, असोज ८ २०८१
  • परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि ध्यानाकर्षण

    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् । 

    असंलग्न राष्ट्रहरूको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । उनले नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरिन् । 

    मन्त्री डा राणाले नेपाल असंलग्न अभियानको एक प्रतिबद्ध सदस्य राष्ट्र रहेकाले सबै देशहरूबिच शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गरी अघि बढ्ने धारणा राख्दै शान्ति र सहअस्तित्वका लागि एक हुन विश्व समुदायलाई अपिल गरिन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ