बिहीबार , साउन ३१ गते २०८२

ललितपुर  महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति

ललितपुर  महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • ललितपुर  महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति

    काठमाडौं । पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ ।  ललितपुर  महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरिएको हो । चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा लास राख्न सकिने छन्  ।  थपिएको शव गृहको बारेमा जानकारी दिन आइतबार अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शव गृहको स्तरोन्नतिको लागि सहयोग गरेको बताए ।

    महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउँदै उनले भने,‘पाटन अस्पताल र चिडियाघरलाई कुनै पनि कुरा कमी हुन दिने छैनौं ।’  पाटन अस्पतालसँग कोभिडको बेलापनि महानगरले सहकार्य गरेको स्मरण गर्दै  बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र अन्तर्गत संचालनका लागि पनि महानगरले पाटन अस्पतालसँग सहकार्य गरेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ