चितवनको भरतपुर महानगरपालिका–७ दिपेन्द्र चोकमा स्यालले झुक्याउँदा मोटरसाइकल दुर्घटना भएको छ । बुधवार बेलुका ६ बजेको समयमा गौतम चोकबाट दिपेन्द्र चोकतर्फ जाँदै गरेको ना ५१ प ४९५१ नम्बरको मोटरसाइकल बाटो क्रस गर्दै गरेको स्याल झुक्याउँदा अनियन्त्रित भई पल्टिएको थियो ।
मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक भरतपुर–२१ बस्ने ३७ वर्षीय इश्वर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गुरुङको अनुहार र दुवै हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।