बिहीबार , जेठ ३ गते २०८२

बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु

बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु

अखबार दैनिक
बिहीबार , माघ १० २०८१
  • बाघको आक्रमणबाट बाँकेमा वृद्धाको मृत्यु

    बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा हिजो (बुधबार) दिउँसो बाघले आक्रमण गर्दा ६७ वर्षीया चेती बुढाको मृत्यु भएको हो ।

    images

    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दाउरा काट्न गएकी चेतीलाई घरबाट करिब २ किलोमिटर टाढा रहेको सामुदायिक वन समूहको जंगलभित्र दिउँसो बाघले आक्रमण गरेको थियो । निरीक्षक भट्टराईले बाघले वृद्धाको टाउको र खुट्टाको केही भाग खाएको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको इप्रका प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ