बिहीबार , साउन ३१ गते २०८२

‘सनम तेरी कसम’ की अभिनेत्री मावराले गरिन् बिहे (तस्बिरहरू)

‘सनम तेरी कसम’ की अभिनेत्री मावराले गरिन् बिहे (तस्बिरहरू)

अखबार दैनिक
बिहीबार , माघ २४ २०८१
  • ‘सनम तेरी कसम’ की अभिनेत्री मावराले गरिन् बिहे (तस्बिरहरू)

    चर्चित बलिउड फिल्म ‘सनम तेरी कसम’ की अभिनेत्री मावरा हुसैनले बिहे गरेकी छिन्। पाकिस्तानी अभिनेत्री मावराले प्रेमी आमिर गिलानीसँग विवाह गरेकी हुन्। उनले सामाजिक सञ्जालमा आफ्नो बिहेका तस्विरहरु सेयर गरेकी छिन्। मावराको विवाहको तस्बिरहरू धेरै सुन्दर देखिएकी छिन्। साथै प्रेमिल क्याप्सन लेखेकी छिन्, ‘अराजकताको बीचमा, मैले तिमीलाई भेट्टाएँ। बिस्मिल्लाह।’

    mawra-1738769641.jpg

    २०१६ मा रिलिज भएको फिल्म ‘सनम तेरी कसम’ बाट मावरा चर्चामा आएकी थिइन्। अचानक विवाहले खबरले फ्यानहरूलाई अचम्मित बनाएको छ। यद्धपी, विवाहको तस्बिर सेयर गरेदेखि फ्यानहरूसहित फिल्म क्षेत्रका व्यक्तिहरुले शुभकामना दिइरहेका छन्।

    mawra4-1738769846.png

    मावरा र आमिरले लामो समयसम्म डेट गरेपछि वैवाहिक बन्धनमा बाँधिएका हुन्। उनीहरूले एकसाथ काम पनि गरिसकेका छन्। सन् २०२० मा दुबै सिरियल ‘सबात’ मा सँगै देखिएका थिए। त्यसपछि २०२३ पाकीस्तानी ड्रामा ‘नीम’ पनि यो जोडीलाई मन पराइएको थियो। धेरै पटक दुवैको अफेयरको हल्ला समेत चलेको थियो, तर दुवैले आफ्नो सम्बन्धलाई मित्रता भनेका थिए।

    mawra3-1738769845.pngmawra1-1738769843.pngmawra2-1738769843.png475791915_962284062738178_3005785442415780664_n_Vf6E8LBWtH.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ