शनिबार, भदौ १ गते २०८२

बढ्यो सुनको मूल्य, फेरि एक लाख ७० हजार नाघ्यो

बढ्यो सुनको मूल्य, फेरि एक लाख ७० हजार नाघ्यो

अखबार दैनिक
बुधबार, फागुन ७ २०८१
  • बढ्यो सुनको मूल्य, फेरि एक लाख ७० हजार नाघ्यो

    स्थानीय बजारमा सुनको मूल्य बढेर फेरि एक लाख ७० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज)छापावाला सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ। मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै चाँदी पनि एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो। यसअघि यहीँ २९ माघ मंगलबारका दिन सुन तोलाको एक लाख ७० हजार २०० पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ