बुधबार, जेठ २ गते २०८२

नेपाल सरकारले पाकिस्तानी आर्मीहरुको डेलिगेशन बोलाएको भन्दै सांसद अमरेशले उठाए प्रश्न

नेपाल सरकारले पाकिस्तानी आर्मीहरुको डेलिगेशन बोलाएको भन्दै सांसद अमरेशले उठाए प्रश्न

अखबार दैनिक
मंगलबार, वैशाख २४ २०८२
  • नेपाल सरकारले पाकिस्तानी आर्मीहरुको डेलिगेशन बोलाएको भन्दै सांसद अमरेशले उठाए प्रश्न

    बैशाख २३ काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भारत र पाकिस्तानबीच पहलगाममा भएको आतंकवादी हमलापछि तनावग्रस्त सम्बन्ध रहेको बेलामा नेपाल सरकारले पाकिस्तानबाट ११ जना पाकिस्तानी आर्मीहरुको डेलिगेशन बोलाएको विषयमा प्रश्न उठाएका छन् ।

    images

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले भारत र पाकिस्तानबीच तनावग्रस्त सम्बन्ध छ, कुनैपनि बेला युद्ध हुनसक्छ, त्यस्तो बेलामा नेपाल सरकारले यही ४ मे मा ११ जना पाकिस्तानी आर्मीहरुको डेलिगेशन बोलाएको छ, ती पाकिस्तानी आर्मीहरुको डेलिगेशन कतार एयरवेजको फ्लाईट नम्बर ६४६ मा आएका छन्, के हामी कसैसँग पक्ष लिन मिल्छ ? के हो मेसेजिङ टाईमिङ मिल्छ ? पहलगाममा नेपाली युवाको पनि हत्या भएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ