आइतबार, वैशाख २९ गते २०८२

यस्तो छ तपाईको आजको राशिफल

यस्तो छ तपाईको आजको राशिफल

अखबार दैनिक
आइतबार, वैशाख २९ २०८२
  • यस्तो छ तपाईको आजको राशिफल

    बैशाख २८ काठमाडौं । बैशाख २८ गते आइतबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको आजको राशीफल । 

    images

    मेष
    मिष्ठान्न भोजनको अवसर मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । धन सम्पत्तीको लाभ हुने योग छ । व्यापार व्यावसायमा पनि सफल भइनेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ ।

    वृष
    चिताएको कामले तिव्रता लिनेछ । पठनपाठनमा रुचि बढ्नेछ । आकस्मिक धन लाभको सम्भावना रहेको छ । उद्योग व्यवसाय गर्न जोशजाँगर र हिम्मत बढ्नेछ । आफन्त र मित्रवर्गको सहयोग पाइने छ ।

    मिथुन
    विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक लाभको सम्भावना रहेको छ । व्यवसायिक कामकारोवारमा वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् ।

    कर्कट
    स्वास्थ्यको लागि खानपिनमा ख्याल गर्नु पर्नेछ । चोटपटकको सम्भावना रहेको छ । स्थायी सम्पत्तिमा विवाद हुने सम्भावना रहेको छ । पारिवारिक झमेलामा परिने समय रहेको छ ।

    सिंह
    धन वस्त्रादिको लाभ हुनेछ । व्यापार व्यावसायमा सन्तुष्टी मिल्नेछ । जोशजाँगार र हिम्मत बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा सफल भईनेछ । सामूहिक कार्यमा भने सबैको सल्लाह लिएर कार्य गर्नुभएमा राम्रो पक्ष हुन आउनेछ ।

    कन्या
    कुटुम्वजनबाट सुख सहयोग प्राप्त हुने योग छ । धनसम्पत्तीको लाभ हुनेछ । रमाइलोसंग दिन जानेछ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ । घरपरिवारमा जग्गाजमिनका मुद्दामामलाहरू सुल्झिनेछन् ।

    तुला
    आकस्मिक धनलाभ हुनेछ । उपहार प्राप्तीको योग रहेको छ । राजनितीक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।

    बृश्चिक
    लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्नेछ । आफ्नो मेहनतबाट अरुले फाइदा लिने चेष्टा गर्नेछन्–सजग रहनुहोला । पारिवारिक आवश्यक पूर्तिमा धन खर्च हुनेछ । सवारी साधन चलाउँदा विशेष ध्यान राख्नुहोला ।

    धनु
    धन वस्त्र अलंकारको लाभ हुने योग रहेको छ । कार्यक्षेत्रमा आफ्नो अनुभवले आँटेको कार्य सम्पादन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । पठनपाठनमा रुचि बढेर जानेछ । राजकीय मामलाहरू सुल्झिनेछन् ।

    मकर
    आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनसक्नेछ । मानसम्मानमा वृद्धि हुनेछ । अभिष्ट कार्य सफल हुने योग छ । अतिथि सत्कारमा जुटिनेछ । अनुहारमा कान्ती, मनमा शान्ती छाउनेछ ।

    कुम्भ
    ठूला व्यक्तिको साथ सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । लगनशिलताले कामहरु अगाडि बढ्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

    मीन
    अरुका लागि बुद्धि र समय खर्चनुपर्ने समय रहेको छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्ने होकी भन्ने योग छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ