आइतबार, जेठ ६ गते २०८२

सेफ सोसाइटी माल्टाले 'नेपाली खाना मिठो' बोलको गीत सार्वजनिक गर्दै

सेफ सोसाइटी माल्टाले 'नेपाली खाना मिठो' बोलको गीत सार्वजनिक गर्दै

अखबार दैनिक
आइतबार, जेठ ६ २०८२
  • सेफ सोसाइटी माल्टाले 'नेपाली खाना मिठो' बोलको गीत सार्वजनिक गर्दै

    जेठ ४ माल्टा । नेपाली खाना सम्बन्धी बनेको पहिलो  नेपाली खाना मिठो बोलको गीत युरोपको माल्टामा रिलिज हुने भएको छ । अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले निमार्ण गरेको नेपाली खाना मिठो गीतको भिडियो जेष्ठ ५ गते मे १९ तारीखका दिन माल्टामा रिलिज हुन लागेको अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बताए ।

    images

    अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाको निमार्णमा बजारमा आउन लागेको गीतमा चर्चित कलाकार खेम सेन्चुरी र दिपिका बयम्बु मगरको स्वर रहेको छ । सर्जक यम प्रसाद न्युरेले रचना गरेको गीतमा संगीत खेम सेन्चुरी, अरेन्ज बिनोद बाजुरेली, रेर्कडिस्ट सागर बाजुरेली र गोविन्द्र पराजुली, भोकल राजेन्द्र बाजुरेलीको रहेको छ । गीतको संयोजन खडक बाजुरेलीले गरेका छन् भने गीतको रेर्कंड माला श्री रेर्कंडिङ स्टुडियो काठमाडौंमा भएको भुसालले जानकारी दिएका छन् । अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा नेपाली सेफ भान्सेहरुले कलात्मक र आकर्षक अभिनय गरेका छन् । भिडियोको छायाङ्कन किरण बुढाथोकी र सागर श्रेष्ठले गरेका छन् ।

    1747551282-0Rd4O.jpg

    नेपाली खानालाई विश्वमा चिनाउनको लागि अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले नेपाली खानाको प्रवद्धन गर्ने कार्यक्रम सहित समाजसेवा र मानवीय सेवाका काम समेत निरन्तर गर्दै आएको छ । संस्था स्थापना भएको छोटो समयमा रचनात्मक काम गरेर चर्चामा आएको सेफ सोसाइटी माल्टाले विश्वका विभिन्न देशमा गठन भएका अन्तराष्ट्रिय सेफ सोसाइटी मध्ये राम्रो  काम गरेर माल्टा सबैभन्दा अगाडी रहेको अहिले देश विदेश जताततै चर्चा हुने गरेको छ ।

    नेपाल बाहेक अन्तराष्ट्रिय सेफ सोसाइटीलाई विदेशमा आधिकारिक रुपमा दर्ता गर्ने पहिलो रेर्कड पनि अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले बनाएको छ । माल्टा सरकारको कानुनको पालना गर्दै संस्था दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गरेर कार्यालय समेत स्थापना गर्ने काम भइरहेको अध्यक्ष भुसालले जानकारी दिए । संस्था दर्ता भएपछि दक्ष नेपाली सेफ भान्से उत्पादन गर्ने लक्ष समेत राखेको भुसाल बताउँछन् ।

    सिर्जनशील काम गरेर संस्थालाई स्थापित गर्दै आएको अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले फेरी अर्को नयाँ रेर्कड राख्ने काम गरेको छ । त्यो काम हो नेपाली खाना सम्बन्धी पहिलो (नेपाली खाना मिठो) बोलको गीत बजारमा ल्याएर । नेपाली गीतसंगीतको क्षेत्रमा अहिलेसम्म नेपाली खाना सम्बन्धी कुनै गीत र भिडियो बनेको छैन् । नेपाली खानालाई विश्वमा चिनाउनका लागि गीत निर्माण गर्ने बारे संस्थामा छलफल भएर निर्णय पारीत भएपछि छोटो समयमा उत्कृष्ट गीत बजारमा ल्याउन सफल भएको अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका वरिष्ठ उपाध्यक्ष राजु अर्याल (बाबु) ले बताए । नेपाली खाना सम्बन्धी बनेको यो पहिलो गीत भएको भन्दै संस्थाले नयाँ इतिहास रचेको अर्यालले बताए ।

    1747551288-3tHP5.jpg

    गीतको भिडियोको छायाङ्कन माल्टाको राजधानी भ्यालेट्टा सहित माल्टाका प्रशिद्ध सहर र स्थानहरुका साथै नेपालमा पनि गरिएको छ । नेपाली खानालाई विश्वमा चिनाउन नेपाली खानाका परिकार र नेपाली संस्कृति झल्काउने पहिचान र भेषभुषाले भिडियो आकर्षक बनेको अर्याल बताउँछन् । जुन गीत विश्वमा रहेका नेपाली भान्से र सबै नेपालीहरुको रोजाइमा पर्ने आशा समेत आफूले गरेको उनी बताउँछन् ।

    नेपाली खानालाई विश्वमा चिनाउन नेपाली पहिचान र संस्कृति माफत देशमा पर्यटक भित्र्याउनको लागि नेपाली खानाको महत्व झल्काउनु पर्ने भन्दै आगामी दिनमा अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाले नेपाली खाना प्रर्दशनीमा ल्याउने अर्यालले बताए । नेपाली खानाको प्रचार गर्दै विश्वमा नेपाल चिनाउन सबै नेपाली भान्सेहरु एक ठाउँमा उभिनु पर्नेमा अर्यालले जोड दिए ।

    लामो समय देखि माल्टामा बस्दै आएका र माल्टाको नियम कानुनको बारेमा जानकार अर्याललाई संस्था दर्ता प्रक्रियाको लागि संस्थाको बैठकले जिम्मेवारी प्रदान गरेको थियो । निकै मिहिनेत र धेरै कानुनी प्रक्रिया पूरा गरेर संस्था दर्ता प्रक्रियाको सबैकाम सम्पन्न भएको भन्दै अर्यालले अब वैधानिक तरिकाले माल्टामा धेरै काम गर्न सकिने बताए । संस्था स्थापना देखि दर्ता प्रक्रियामा सहयोग गर्ने सबैलाई अर्यालले धन्यवाद् समेत दिएका छन् ।

    1747551282-WgDvP.jpg

    गीतको भिडियोमा माल्टा नेपाल हुँदै अन्य देशका सेफ सोसाइटीले गरेका गतिबिधि पनि समेटिएको अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका सचिव श्याम भण्डारीले बताए । गीतको भिडियो रिलिज हुने कार्यक्रमको लागि माल्टामा रहेका सबै सामाजिक संघसंस्था, व्यापारी, समाजसेवी, बुद्धिजिवी, सामाजिक अगुवा कलाकार र पत्रकारलाई समेत निमन्त्रणा गरी सकेको जानकारी दिँदै यदी निमन्त्रणा नपुगेको अवस्थामा यही समाचारलाई आधिकारिक मानी उपस्थित भईदिन सचिव भण्डारीले अनुरोध गरेका छन् ।

    गीतको लेखन रेर्कड र भिडियो नमार्णमा लाखौं रकम लागेको अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका कोषाध्यक्ष एकराज पोख्रेलले बताए । यो सबै रकम माल्टामा रहेका नेपाली सेफ भान्सेहरुले उठाएर गीत तयार पारेको उनले बताए । नेपाली खाना मिठो गीतको प्रोमो बजारमा सार्वजनिक भएपछि सामाजिक संजालमा अहिले उक्त गीतमाथी व्यापक रुपमा टिकटक बनाई पोष्ट भइरहेको अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका महासचिव सुन्दर घिमिरीले बताए । नेपाली खाना सम्बन्धी गीत सिर्जना गर्न पाउँदा आफूलाई निकै खुसी लागेको सर्जक एवम् भान्से यम प्रसाद न्युरेले बताए । स्रोत : माल्टा नेपाल अनलाइन

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ