बिहीबार , साउन ३१ गते २०८२

कांग्रेसले बनायो १३ विभाग: संगठनमा गोपालमान, प्रचारमा विश्वप्रकाश

कांग्रेसले बनायो १३ विभाग: संगठनमा गोपालमान, प्रचारमा विश्वप्रकाश

अखबार दैनिक
शनिबार, फागुन १७ २०७६
  • कांग्रेसले बनायो १३ विभाग: संगठनमा गोपालमान, प्रचारमा विश्वप्रकाश

    नेपाली कांंग्रेसले ४७ मध्ये १३ विभाग गठन गरेको छ। शनिबार सभापति शेरबहादुर देउवाले विभाग गठन गरेका हुन्। संंगठन विभाग हेर्ने जिम्मेवारी गोपालमान श्रेष्ठले पाए भने प्रचार हेर्ने जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइएको छ। 

    तर विभाग गठनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक मत राख्दै आएका छन्।

    १४ औं महाधिवेशन तयारी सुरु भइसकेका बेला देउवाले विभाग गठन गरेका हुन्। १३ औं महाधिवेशन सकिएको छ महिनाभित्र गठन गर्नुपर्ने विभाग चार वर्ष ढिला गठन भएको हो। बाँकी विभागलाई पनि छिट्टै पूर्णता दिने कांंग्रेसले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ