सोमबार, जेठ ७ गते २०८२

फिल्म फेस्टिभल कान्स पुगे प्रदीप

फिल्म फेस्टिभल कान्स पुगे प्रदीप

अखबार दैनिक
सोमबार, जेठ ७ २०८२
  • फिल्म फेस्टिभल कान्स पुगे प्रदीप

    काठमाडौँ । फ्रान्समा विश्व प्रसिद्ध फिल्म फेस्टिभल कान्सको ७८ औँ संस्करण जारी छ । फेस्टिभलमा अभिनेता प्रदीप खड्का पनि सहभागी  भएका छन् । केही तस्बिर सार्वजनिक गर्दै उनले आफू कान्समा सहभागी भएको जानकारी दिएका छन् । 

    images

    कान्स मार्केट र एक फ्रान्सेली फिल्मको रेडकार्पेट प्रिमियरमा सहभागी हुन उनी त्यहाँ पुगेका थिए । जसअनुसार सोमबार बिहान आयोजित थिएरी क्लिफा निर्देशित फ्रान्सेली भाषाको फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ को रेडकार्पेट र स्क्रिनिङमा उनी सहभागी भएका छन् । 

    kans-film-fastival-(2)_rk9hgUkNIH.jpg

    कान्समा उनी अभिनित फिल्म ‘एक्लो’ समेत मार्केट (मार्चे दु फिल्म) मा सहभागी छ । स्टल खडा गरेर यो फिल्मका निर्देशक प्रदीप शाही र निर्माताहरू कान्स मार्केटमा छन् । त्यहाँ प्रदीपले फिल्मको प्रवर्धन समेत गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ