जेठ ६ काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ५३ अंकले बढेर २६७७.४५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । आज ७ अर्ब ३१ करोडको कारोबार भएको छ ।
त्यसैगरी मंगलबार २२९ कम्पनीको सेयर मुल्य बढेको छ भने १५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।