शुक्रबार, जेठ ११ गते २०८२

एभरेष्ट कलरको जारी पुँजी बढ्यो, अब ७ लाख ९० हजार कित्ता सर्वसाधारणलाई आईपीओ जारी हुने

एभरेष्ट कलरको जारी पुँजी बढ्यो, अब ७ लाख ९० हजार कित्ता सर्वसाधारणलाई आईपीओ जारी हुने

अखबार दैनिक
बिहीबार , जेठ १० २०८२
  • एभरेष्ट कलरको जारी पुँजी बढ्यो, अब ७ लाख ९० हजार कित्ता सर्वसाधारणलाई आईपीओ जारी हुने

    काठमाडौं । एभरेष्ट कलर लिमिटेडको बिशेष बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कौशलटार, भक्तपुर स्थित केन्द्रिय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले जारी पुँजी वृद्धि गरी रु।३० करोड र सो पुँजीको २६.३३ प्रतिशत (७,९०,००० कित्ता) शेयर रु.१०० का दरले सर्वसाधारणलाई आईपीओ निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ । यस अघिको बार्षिक साधारणसभाले प्रतिकित्ता ५० रुपैयाँ आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । आज सम्पन्न विशेष साधारणसभाले आईपीओको प्रतिकित्ता मूल्य संशोधन गरी पुँजी बृद्धि गर्ने निर्णय गरेको हो ।

    images

     त्यसै गरी सभाले स्वतन्त्र संचालकमा कपिल देव महत्तोलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समीतीका अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा बसेको विशेष साधारण सभाले संचालक समीतीले प्रस्ताव गरेका अन्य सामान्य तथा विशेष प्रस्तावहरु पारीत गरेको छ ।

    न्य कलर उधोग भन्दा पृथक ढँगले, सँगठीत स्वदेशी युवाहरुको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनिलाई केयर रेटींङ्गस नेपाल लिमिटेडले डबल बी माईनस रेटींङ्ग प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ